कात्तिक १ गते २०८३ || October 17, 2026

उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक


शनिबार, असोज १२ २०८१०३:५७

उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन्  ।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै  उनले जोखिममा रहेका मानिसहरूको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएका हुन्  । उनले  अहिले काठमाडौँमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरूको उद्धार गरिएको बताए  ।

उनले  देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनाउने काम भइरहेको बताएका छन्  । उनले सबै नागरिकले सतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे  । उनले  उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन्  ।

गृहमन्त्री लेखकले पुनः स्थापित र पुनर्निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्  । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरू बगेको भन्दै हेलिकोप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराए  । उनले  जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताए  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend