असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०८:१०

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

काठमाण्डौ -चोरीको मोटरसाइकलसहित काठमाडौंको बौद्धबाट मंगलबार दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।

वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित दुवै जनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो । जोरपाटीबाट हराएको उक्त एनएस २०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।


  • सम्बन्धित विषय:

  • # काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend