कात्तिक २ गते २०८३ || October 18, 2026

रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा


बिहीबार , कात्तिक १ २०८११२:५७

रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उनले दसैंअघि नै दिएको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन्।

‘हाम्रो पार्टीको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन,’ झाले  भने,‘उनले पार्टीभित्र सक्रिय राजनीति गर्ने भनेर राजीनामा दिएका हुन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend