कात्तिक १ गते २०८३ || October 17, 2026

उपत्यकाको न्यूनतम तापक्रम अहिलेसम्मकै कम !


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०८:१७

उपत्यकाको न्यूनतम तापक्रम  अहिलेसम्मकै कम !

काठमाडौं - काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस देखिएको हो ।  हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८  डिग्री सेल्सियस थियो । 

अहिले बिहान ८:४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ । मौसमविद् प्रधानांगका अनुसार आज प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने सम्भावना छ।


  • सम्बन्धित विषय:

  • # उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend