कात्तिक २ गते २०८३ || October 18, 2026

जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङ


शनिबार, कात्तिक १० २०८११२:१७

जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङ

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको हो । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको  छ । 

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा वितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता गुरुङले अनुसन्धान नरोकिने प्रस्ट पार्नुभयो  हो। सञ्चारमन्त्री गुरुङले जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताउनुभयो  छ ।

‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्’ उहाँले थप्नुभयो, “कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन, प्रक्रियाअनुसार सबै काम अघि बढिरहेको छ ।’ 

उहाँले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोसिस गर्नेहरूको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रस्ट पार्नुभयो ।  ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात् गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिनु गलत रहेको उहाँले चर्चा गर्नुभयो छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend