कात्तिक २ गते २०८३ || October 18, 2026

ढिलासुस्तीलाई सरकारले अब नसहने: मुख्यमन्त्री आचार्य


मंगलबार, कात्तिक १३ २०८११२:४९

ढिलासुस्तीलाई सरकारले अब नसहने:  मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उनले ढिलासुस्तीलाई नसहने स्पष्ट पारेका हुन् । 

दाङको धार्मिक पर्यटकीयस्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुग्नु भएको थियो ।

उनले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए । ‘निर्माण व्यवसायीको आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनका निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्छ’ उनले भने , ‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस ।’

घोराही उपमहानगरपालिका –१३ मा रहेको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना सञ्चालनमा छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन–शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । बहुउदेश्यीय पार्क अन्तर्गत दहको मुल गेट, ड्यामलगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आएपछी मुख्यमन्त्री र विभागिय मन्त्रीले यस बारेमा गम्भिर चासो दिनु दिएका हुन् 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend