असोज ३० गते २०८३ || October 16, 2026

पोखरामा ४ राउन्ड अश्रुग्यास प्रहार


मंगलबार, कात्तिक २० २०८११२:५२

पोखरामा ४ राउन्ड अश्रुग्यास प्रहार

सभापति रबि लामिछानेलाई पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।

रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रबि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।

सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । आज रबि लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।सोही क्रममा भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको हो




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend