कात्तिक २ गते २०८३ || October 18, 2026

त्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह


बिहीबार , कात्तिक २९ २०८१०१:५९

त्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा बिहीबारबाट  सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्  ।

‘‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कुल गार्हस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरुले जोड दिनुपर्ने हुन्छ’’ उपप्रधानमन्त्री सिंहले भने ।

अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उनले  उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो उपप्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसमा नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए ।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend