परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएकोबताएकी छिन् ।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रमणको तयारी भइरहेको बताएकी हुन् ।उनले भ्रमणका लागि प्रारम्भिक एजेण्डा बनाइरहेको जनाउँदै आफू काठमाडौँ फर्केपछि प्रधानमन्त्रीसँग बसेर कुनकुन कुरा अगाडि बढाउने भनेर निर्णय गर्ने उल्लेख गरिन् ।
“चीनसँग कुनकुन सम्झौता भएका छन् र ती सम्झौता कहाँ पुगे भनेर अपडेट गर्ने कार्य भएको छ”, परराष्ट्र मन्त्री राणाले भन्नुभयो,“मेरो मन्त्रालयले पनि यसमा होमवर्क गरिरहेको छ ।”
चीन र भारत नेपालको महान छिमेकी रहेको उल्लेख गर्दै उनले यी दुई ठुला राष्ट्रसँग नेपालको सम्बन्ध परापूर्वकालदेखि रहेको बताएकी छिन् ।चीन भ्रमणको प्रारम्भिक तयारी भइरहेको जानकारी दिँदै उनले चीनपछि भारत भ्रमण गर्ने बताएकी छिन् ।
यसैगरी, पत्रकारको एक जिज्ञासाको जवाफमा मन्त्री देउवाले दुई ठुला प्रतिस्पर्धी दलको सरकारलाई स्थिर रुपमा अगाडि बढाउन संयन्त्र गठन भएकोबताएकी छिन् ।यस्तै, गेटा मेडिकल कलेजलाई सही ढङ्गले अगाडि बढाउनका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयले रणनीति बनाउने कार्य गरिरहेको परराष्ट्र मन्त्री देउवाको भनाइ थियो ।