असोज २९ गते २०८३ || October 15, 2026

१२८९ जनाको भविष्य बोकेको धादिङको नमुना विध्यालय ।


बिहीबार , माघ २२ २०८२०६:४५

१२८९ जनाको भविष्य बोकेको धादिङको नमुना विध्यालय ।

२०५७ सालमा स्थापना भएको थाक्रे गाउपालिकामा अवस्थित जनजागृति माध्यमिक विध्यालयमा करिब १२८९ जना विध्यार्थी निरन्तर पढ्दै आउनु भएको छ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यस विध्यालयले २०६६  सालबाट दृष्टिविहीन विध्यार्थीहरुलाइ समेत पढाउदै आइरहेको छ भने २०७६ बाट कक्षा नौ देखि सिभिल इन्जिनियर पनि पढाउदै आइरहेको छ ।  धादिङ जिल्ला कै दोस्रो ठुलो विध्यार्थी सङ्ख्या भएको विध्यालय हो । कक्षा ५  सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने यस विध्यालयमा विध्यार्थीको सहजताको लागि २ वटा बसको समेत व्यवस्था गरेको छ । 
थाक्रे गाउपलिकाले १४/१५ जनाको शिक्षक व्यवस्था गरेको छ भने विध्यालय संचालन भने आन्तरिक,स्थानीय तथा प्रदेश अनुदानबाट भइरहेको छ । ४२ जना शिक्षक रहेको यति ठुलो विध्यालयमा समेत जम्मा छ जनाको मात्रै स्थायी दरबन्दी रहेको छ । 

सरकारले शिक्षामा कम्तिमा २०% लगानी गरे उत्तम हुने साथै शिक्षकले राजनीतिक दलको पछि लागेर  राजनीति गर्नु हुदैन समेत यश विध्यालयका प्राध्यापक लावन प्रसाद फुयलले बताउनुभयो । कक्षा ९ र १० मा स्मार्ट बोर्ड रहेको यो आर्थिक वर्ष भित्र सबै कक्षामा स्मार्ट बोर्ड जोड्ने योजना समेत रहेको प्राध्यापकले बताउनु भयो । 
विध्यार्थीहरुलाइ सीपमूलक काममा जोड्नुपर्ने र अनिमात्र रोजगारको वातावरण सिर्जना हुने समेत बताउनु भयो साथै राज्यको नजर सामुदायिक विध्यालयमा न्युन रहेको र यसलाई विशेष प्राथमिकतामा राखेमा सामुदायिक विध्यालय पनि अब्बल सावित हुने दाबी समेत गर्नुभयो । 
यस विध्यालयले कमजोर आयस्रोत भएका विध्यार्थीलाइ निशुल्क आवास र पढाइको व्यवस्था गर्दै आइरहेको छ । प्राध्यापकको अगुवाइमा SEE मा उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यले प्राध्यापक स्वयम होस्टेल वार्डेन बनेर छात्रवास संचालन भइरहेको छ । अघिल्लो वर्ष SEE मा ८९ % नतिजा ल्याउन सफल यस विध्यालयले यस वर्ष शत प्रतिशत नतिजा ल्याउने लक्ष्य रहेको प्राध्यापकले बताउनु भयो । होस्टेल संचालनको लागि गाउपलिकाले समेत सहयोग गर्दै आइरहेको छ ।  सामुदायिक विध्यालयलाई  माया र भरोसा गर्नु हुन आम समुदायलाई प्राध्यापक फुयलले अपिल समेत गर्नु भयो।

 

 




प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend