असोज २९ गते २०८३ || October 15, 2026

संघर्षको बाटोमा लडिरहेका अशोक बिक्रम जिसी ( समिर सिंह ) लाई जिताउनुपर्ने किन ? यस्ता छन् कारणहरु...


शनिबार, माघ २४ २०८२१२:२०

संघर्षको बाटोमा लडिरहेका अशोक बिक्रम जिसी ( समिर सिंह ) लाई जिताउनुपर्ने किन ? यस्ता छन् कारणहरु...

मार्क्सवादी साहित्यको क्षेत्रमा समीर सिंह एक आशालाग्दा व्यक्तित्व रहेका छन् । साथै, लेखक–साहित्यकारहरूलाई संगठित गर्न र प्रशिक्षित पार्न पनि उहाँको महत्त्वपूर्ण देन रहिआएको छ।’

सिंहले विभिन्न कलेजमा अध्यापन गरिरहेका छन्। पछिल्लो समय त्रिचन्द्र कलेजमा अध्यापनरत उनी आफ्नो कर्मलाई जारी राख्दै चुनावी अभियानमा सक्रिय छन्। 

बिहान कलेजबाट फर्किएर चुनाव प्रचारमा व्यस्त रहेका सिंहले भने, ‘हाम्रो जीवन र जगतका लागि दर्शनशास्त्रको कति ठूलो महत्त्व छ भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ। त्यसैले संसद् प्रवेश गर्न चाहन्छु।’

जनमोर्चाका एजेन्डालाई सहरमा स्थापित गर्ने उद्देश्य
राष्ट्रिय जनमोर्चाले संघीयताका कारण भ्रष्टाचार बढेको दाबीसहित प्रदेश संरचना खारेजीमा लगातार जोड दिँदै आएको छ। संघीयता खारेज गरे शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने जनमोर्चाको जिकिर छ। सिंहले पनि त्यही कुरा दोहोर्‍याउँदै आफू सांसद निर्वाचित भए शिक्षा र स्वास्थ्य निशुल्क गर्न पहल गर्ने बताए। 

त्यो कसरी सम्भव छ त? सिंहको तर्क छ, ‘संघीयता अन्तर्गतको प्रदेश संरचनामा वार्षिक लगभग तीन खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो अनावश्यक बजेट खर्चलाई कटौती गरेर शिक्षा र स्वास्थ्यमा लगानी गरे सम्भव हुन्छ।’

सिंहलाई न आफ्ना ‘हेभिवेट’ प्रतिस्पर्धीहरूसँग डर छ, न त ‘नयाँ’को राजनीतिक लहरसँग। 

उनी भन्छन्, ‘विगतको मत र विरासत हेरेर अहिले ‘हेभिवेट’ भन्नु ठिक होइन। जनताले उनीहरूलाई राम्रो नजरले हेरेका छैनन्।’

उनी थप्छन्, ‘नयाँ भनिने रास्वपाको चर्चा सामाजिक सञ्जाल चलाउने युवाहरूले बढी गरेको देखिन्छ। उनीहरू अधिकांश मतदाता नै छैनन्।’

उनले जनताका बीचमा आफ्ना एजेन्डा लैजान सके जनमोर्चाले चुनाव जित्ने विश्वास व्यक्त गरे। 

‘राष्ट्रिय जनमोर्चा भ्रष्टाचार नगर्ने पार्टी हो। अहिले राष्ट्रियता अत्यन्तै संकटमा परेको छ। राष्ट्रियताको रक्षा पनि यही पार्टीले गर्न सक्छ,’ उनले भने, ‘सरकारले कृषि र उद्योगलाई प्राथमिकता दिए विदेशिएका युवा यहीँ स्वरोजगार बन्न सक्छन्। हाम्रो पार्टीको घोषणा पत्रमा यी सबै कुरा स्पष्ट छ।’

सहरी क्षेत्रमा आफ्ना एजेन्डा स्थापित गर्न जनमोर्चाले राजधानी सहर रहेको काठमाडौँ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार उठाएको छ। क्षेत्र नं. ४ मा छवि खनाल, ६ मा जगत रेग्मी, ७ मा दीर्घकुमार श्रेष्ठ, ९ मा रोशन दानी र १० मा अमर पौडेल उम्मेदवार छन्।

पत्नी-वियोगकै पीडाबीच चुनावी मैदानमा
सिंह यतिबेला पत्नी गुमाउनुको पीडा खेपिरहेका छन्। समीरकी पत्नी विनु केसीको गएको कात्तिक २० गते क्यान्सर रोगका कारण ज्यान गयो। लामो समय क्यान्सरसँग जुधिरहेकी विनु आफैं क्यान्सर पीडितहरूको जीवन बचाउन लागिपर्थिन्। विनु ‘नेपाल क्यान्सर सर्भाइभर सोसाईटी’ की कोषाध्यक्ष थिइन्। समीर पनि यो संस्थाका एक सहयोगी हुन्। 

विनुको निधनपछि पनि समीरले क्यान्सर पीडितहरूको जीवन रक्षाका लागि आफ्नो सक्रियता कायमै राखेका छन्।

 


  • सम्बन्धित विषय:

  • # ashok bikram gc


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend