असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं १६ को अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता


आइतबार, मंसिर २ २०८१०२:३१

काठमाडौं १६ को अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता

 काठमाडौं महानगरपालिका वडा नं. १६ को रिक्त्त वडा अध्यक्ष पदमा आइतबार दिउँसो २ बजेसम्म ५ जनाको उम्मेदवारी दर्ता भएको छ । 

सो पदमा नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकुमार श्रेष्ठ, राप्रपा नेपालका राजकुमार थापा  र स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

स्थानीय तहको उपनिर्वाचनका लागि आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend