कात्तिक २ गते २०८३ || October 18, 2026

‘घुमौँ मधेस, बुझौँ मधेस’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त


शुक्रबार, मंसिर ७ २०८१०५:१३

‘घुमौँ मधेस, बुझौँ मधेस’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त

मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त हुनु भएको छ ।

नेपाल फाउण्डेसनका संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका सर्लाहीका ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्तपत्र प्रदान गर्नुभएको हो । संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताउनुभएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend