कात्तिक २ गते २०८३ || October 18, 2026

‘सरकार परिवर्तन हल्ला मात्र’ गृहमन्त्री रमेश लेखक


सोमबार, पुस १ २०८१११:०२

‘सरकार परिवर्तन हल्ला मात्र’ गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले सरकार फेरबदल भइरहँदा देशमा अस्थिरता हुने धारणा पनि राख्नुभयो । 

“यो सरकार परिवर्तन हुने कुनै सम्भावना छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा हामीले जुन सहमति गरेकाछौँ, त्यो सहमति अनुसार सरकार २०८४ सालसम्म नै अघि बढाउछौँ,” उहाँले भन्नुभयो । सरकार सञ्चालनका सम्बन्धमा सत्ता साझेदार दलहरूमा समस्या नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामीमा अत्यन्तै सरल र सौहार्दपूर्ण वातावरण रहेको छ । अनि कसरी सरकार परिवर्तनको कुरा आउँछ ?” 

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एउटा नयाँ राजनीतिक समीकरण सुरु गरिएको बताउँदै उहाँले जब देश विशिष्ट अवस्थामा रहन्छ, तब नेपालको राजनीतिमा कांग्रेस र एमाले एक भएर उभिने गरेको धारणा राखेका छन् । 

“केही महत्वपूर्ण राष्ट्रिय एजेन्डाहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा राष्ट्रिय आवश्यकता र महत्वका एजेन्डा पूरा गर्न ठुला दलहरू मिलेका छाँै,” उनले भने, “राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्दै देशलाई मूल राजनीतिक धारमा लैजान पनि दलहरूको एकता सहयोगी बन्दै आएको छ ।”

वर्तमान सरकारले स्थिरता दिनुका साथै भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक गतिविधिलाई अघि बढाउने दृढ सङ्कल्प लिएको पनि उनले जनाएका छन् । संविधान संशोधनलाई विभिन्न ढङ्गले व्याख्या गरिएको छ । उनले हामीले संविधान संशोधन गर्ने भनेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीलाई थप राम्रो, सुदृढ र बलियो बनाउनका लागि हो भने । संविधान संशोधनका लागि अहिले प्ररम्भिक छलफल सुरु भएको पनि उनले जानकारी दिए। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend