कात्तिक २ गते २०८३ || October 18, 2026

रवि अदालतमा उपस्थित, अभियोगपत्र दर्ता हुँदै


आइतबार, पुस ७ २०८११२:२२

रवि अदालतमा उपस्थित, अभियोगपत्र दर्ता हुँदै

सहभागी ठगी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । 

कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने लगायतलाई हिरासतमा राख्न पाउने म्याद शुक्रबार सकिएको थियो । गएको सोमबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मङ्गलबारबाट लागू हुने गरी अन्तिम पटक अदालतले चार दिनको म्याद दिएको थियो । 

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार बिहान अभियोगपत्र अदालत पठाएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले भन्नुभयो, “हामीले भर्खरै अभियोगपत्र पठाएका छौँ ।” अभियोगपत्र दर्ता हुने प्रक्रिया सुरु भएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend