काठमाडौं -नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने मतदानका लागि सभापति बानियाँले दलको नेताका लागि मनोनयन गराएका हुन् । सभापति बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।