कात्तिक २ गते २०८३ || October 18, 2026

डिपी अर्याल रास्वपा कार्यवाहक सभापति


मंगलबार, पुस ९ २०८१११:५२

डिपी अर्याल रास्वपा कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाएका छन् ।

प्रवक्ता मनीष झाले सोमबार बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिएका छन् ।

सहकारीको रकम हिनामिनाको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारीलगायत चार कसुरमा मुद्दा दर्ता भएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend