असोज ३० गते २०८३ || October 16, 2026

'अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ'- नेकपा एमाले


बिहीबार , पुस १८ २०८१०६:०८

'अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ'- नेकपा एमाले

नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण साथै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयाे ।

उहाँले राजनीतिक प्रतिवेदनका मुख्य विषयहरुमा छलफल भएको पनि जानकारी दिनुभयाे । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसबिचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनुभयो । 

"सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ", उपमहासचिव ज्ञवालीले भन्नुभयो, "बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य विषयहरुमा छलफल गरेका छौँ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ ।" 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend