काठमाण्डौ - आजकल सरकारी स्कुल भन्ने नाम सुन्ने बित्तिकै मन नै मरेको जस्तो हुन्छ । त्यसमा पनि आफ्नो छोराछोरी सरकारी स्कुल पढ्छन भनेर भन्न पनि अभिभावक लाजाउछन् । सरकारी स्कुलमा राज्यको राम्रो लगानी नहुँदा नीजीविद्यालय फस्टाइरहेको पाइन्छ ।
यो भनिरहदा सबै सरकारी स्कुललाई भन्न खोजिएको भने पक्कै होइन किन कि कुनै विद्यालय निजि भन्दा कमका छैनन् । हामि अवलोकनका लागि महोत्तरी जिल्लाको वर्दिवास नगरपालिका १४ नम्बर वडामा पर्ने श्री राष्ट्रिय आधारभूत विद्यालयमा पुगेयौं त्यो माहोल हेर्दा निजि क्षेत्रको विद्यालय भन्दा कम लागेन । अनुशासित विद्यार्थीहरु अनि त्यसैमाथि लगनशील शिक्षक शिक्षिकाहरु । एकछिन त्यो शान्त वातावरणले हाम्रो समेत ध्यान तान्यो ।
वडा कै नमुना विद्यालयको रुपमा परिचित रहेछ । यति राम्रो परिवर्तन ल्याउने व्यक्तिको त नाम छुट्याउन भएन । निजि क्षेत्रको स्कुल जस्तै बनाउँछु भनेर लागि परेका व्यक्ति हुन् रास्ट्रीय आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार कार्की । उनि प्रधानाध्यापक भएपश्चात निकै राम्रा काम गरेको देखियो ।
अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको प्रधानाध्यापक कार्कीले बताए । आधारभूत तहमै वार्षिक शैक्षिक क्यालेन्डर तयार गरेर पठनपाठन गरिएको सुनाए । हेर्दा सफा कक्षा-कोठा, अनुशासनले भरिएका विद्यार्थी, लगनशील
शिक्षक कर्मचारी र कम्पुटर ल्याब समेत भएको प्रस्ट देखियो ।
कुनै समय झन्डै १ सय ४० जना विद्यार्थी मात्र भएको विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्कीको आगमनसंगै अहिले २ सय ९८ जना विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् । यसरी हेर्दा प्रधानाध्यापक कार्कीको आगमन पछी धेरै विद्यार्थी संख्या बढेको देख्न सकिन्छ ।
साच्चिकै मनै देखि लाग्ने हो भने, सरकारको लगानी र समुदायलाई पनि साथमा लियर सरकारी विद्यालय सुधार्न सकिन्छ भन्ने उदाहरण रास्ट्रीय आधारभूत विद्यालयबाट देख्न सकिन्छ ।