कात्तिक २ गते २०८३ || October 18, 2026

एमालेलाई निर्णायक शक्ति बनाइने - केपी ओली


बुधबार, पुस २४ २०८१०१:०७

एमालेलाई निर्णायक शक्ति बनाइने - केपी ओली

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्त्वपूर्ण विषय समेटिएका १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेतालाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा 

निर्णीत कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । पार्टीमा अराजकता र अनुशासनहीनता सह्य हुँदैन ।

अध्यक्ष ओलीले एमालेमाथि जति प्रहार गरे पनि दृढताका साथ दह्रो भएर सत्यको पक्षमा उभिने उल्लेख गर्नुभयो । “हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौँ । हामीमाथि जति नै प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौँ । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढी नै रहने छौँ ।”

उहाँले एमालेको महान् कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभयो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend