कात्तिक २ गते २०८३ || October 18, 2026

कांग्रेसका नेता डा शेखर कोइरालाको ईयान मार्टिनसँग लण्डनमा भेटघाट


बुधबार, माघ २ २०८१०३:०८

कांग्रेसका नेता डा शेखर कोइरालाको  ईयान मार्टिनसँग लण्डनमा भेटघाट

बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटघाट गर्नुभयो ।

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिनुभयो । कोइरालासँगको भेटमा उहाँले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताउँनुभयो।

तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उहाँको जोड थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend