असोज २९ गते २०८३ || October 15, 2026

संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०१:५३

संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं- संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आगामी अधिवेशनका लागि सचिवालय तयार रहेको बताउँदै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र संसद् बैठकका लागि सम्पूर्ण तयारी समेत पूरा भइसकेको बताएका हुन् । धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराको व्यवस्थापन पनि सकिएको बताए ।

सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ । उनले अन्य व्यवस्था तदारुक गरिएको भएपनि संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए ।


  • सम्बन्धित विषय:

  • # संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend