कात्तिक २ गते २०८३ || October 18, 2026

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत


सोमबार, माघ २१ २०८११२:०५

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनता पार्टीका केन्द्रीय सचिव एवम् प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवम् पर्सा इञ्चार्ज कदम रसुल, व्यापार महासङ्घका पूर्वकेन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, सजीव गुप्ता, दिलीप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतोलगायत रहनुभएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend