असोज ३० गते २०८३ || October 16, 2026

समायोजन भएका कर्मचारीको अपुग तलब स्वास्थ्य मन्त्रालयले नै पठाउने


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०२:०१

समायोजन भएका कर्मचारीको अपुग तलब स्वास्थ्य मन्त्रालयले नै पठाउने

काठमाडौं । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ ।

८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # समायोजन–भएका–कर्मचारीको–अपुग–तलब–स्वास्थ्य–मन्त्रालयले–नै–पठाउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend