नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘यो गठबन्धन सरकार ८४ सम्मै जान्छ ।’’
चीनसँग भएको पछिल्लो सम्झौताले नेपालको सडक र उर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको उपाध्यक्ष थापाको भनाइ रहेको छ । शान्ति प्रक्रियाको काम पूरा गर्नेतिर सरकार र राजनीतिक दलहरु लागि रहेको उहाँको भनाइ छ ।
यसैगरी, उपाध्यक्ष थापाले राजनीतिक उथलपुथलका कारण देशले विकासमा गति लिन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले राजनीति अस्थिरताले तीव्र विकास हुन नसकेको भनाई राख्नुभयो ।
उपाध्यक्ष थापाले नयाँ संविधान पछिका दुईटा निर्वाचनपछि पनि देशमा राजनीतिक अस्थिरता र अराजकताले देशको आर्थिक प्रगति र समृद्धिमा अवरोध खडा गरेको भनाई छ । उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘जसरी देश आर्थिक समृद्धि, प्रगतितिर जानुपर्ने हो, त्यो देखिराखेको छैन ।’’ दुईटा ठुला दलको सरकारपछि देशको आर्थिक सुचाङ्कहरु सकारात्मकतिर गइरहेको थापाको दाबी रहेको छ ।