आज पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक रुपमा बदली भएको छ । मधेश प्रदेश र अरु प्रदशेका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा आज सामान्य रूपमा बादल लागेको छ ।
यस्तै, आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएका छ ।
यसैबीच केही दिनदेखि देशका धेरै ठाउँमा बढीरहेको अधिकतम तापक्रम मौसम बदलीका कारण आज तुलनात्मक रुपमा घटेको देखिन्छ। हिजो ३४ डिग्रीसम्म पुगेको भैरहवाको तापक्रम आज अधिकतम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ ।