असोज ३० गते २०८३ || October 16, 2026

तीन राउण्ड हवाई फायर गरि दुई सय २५ केजी गाँजा बरामद


बिहीबार , फागुन २२ २०८१०४:५५

तीन राउण्ड हवाई फायर गरि दुई सय २५ केजी गाँजा बरामद

धरान उपमहानगरपालिकामा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 
बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसारपसार भइरहेको छ ।


 सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको बेला तिनीहरुलाई रोकेर चेक जाँच गर्न खोज्दा भरिया  भने आफुले भोकेको नै भारी छाडेर भागेका हुन। 


त्यसैले तिनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई साथै ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लाष्टिक बाहेक दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन।  


हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धानको क्रम भइरहेको छ भने  फरार व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिएका छन।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend