कात्तिक २ गते २०८३ || October 18, 2026

सुशासन कायम को लागि अध्यादेश ल्याइएको हो। : मन्त्री गुरुङ


पिपल अनलाइन
बिहीबार , फागुन २२ २०८१०६:४८

सुशासन कायम को लागि अध्यादेश ल्याइएको हो।  :  मन्त्री गुरुङ

राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सो कुरा बताएका हुन । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।”

देशमा सुशासन कायम गर्न, मुलुकको विकासका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पार्दै मन्त्री गुरुङले भनेका छन। “हाम्रो देशको पुँजीगत खर्चको अवस्था भने के भई रहेको छ , हामी सबैलाई थाहा छ, त्यो खर्च हुन नसकेर विकासको काम रोकिएको हो। त्यसैले अध्यादेशले त्यसलाई सम्बोधन गर्नेछ ।”

जनताको समस्या छिटो समाधान गर्न र सरकारको काम चुस्त बनाउनेगरी अध्यादेश आएको जानकारी दिदै मन्त्री गुरुङले अध्यादेश पारितपछि केही ऐन परिमार्जन भई सरकारको काम प्रभावकारी हुने उनले विश्वास दिलाएका छन । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend