कात्तिक २ गते २०८३ || October 18, 2026

मोटरसाइकल एकआपसमा ठोक्किँएर तीन घाइते


पिपल अनलाइन
शुक्रबार, फागुन २३ २०८१०२:२४

मोटरसाइकल एकआपसमा ठोक्किँएर  तीन घाइते

तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार रा ३ प २५३४ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१ भम्केका ५६ वर्षीय नेत्रलाल पौडेल, रा २ प ५२८४ नम्बरको मोटरसाइकल चालक राजपुर गाउँपालिका– ७ का ५० वर्षीय पशुराम साहु र सवार सोही ठाउँका ३५ वर्षका नन्दा पुन मगर रहेको प्रहरीले जनाकारी दिएको छ ।   
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइते पौडेलको दायाँ हात, बायाँ खुट्टा र मुखमा चोट लागेको छ भने पौडेलको अवस्था मध्यम रहेको बताएका छन ।  

प्रहरी निरीक्षक रानाका अनुसार घाइते साहुको टाउको, मुख र बायाँ हातमा चोट लागेको छ । उनको अवस्था भने अहिले गम्भीर रहेको प्रहरीले जनाएका छन। मोटरसाइकलमा पछाडि सवार पुनको टाउकोमा चोट लागेको छ। अहिले उनको अवस्था पनि मध्यम रहेको प्रहरी निरीक्षक रानाले बताउएका  छन।

घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रम  भइरहेको छ । तुलसीपुरबाट शीतलपुरतर्फ जाँदै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ बजेतिर तुलसीपुर– ११ उरहरी चोकमा एकआपसमा ठोक्किएको थियो । 

दुबै मोटरसाइकललाई प्रहरी चौकी जसपुरले नियन्त्रणमा दिएका छन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend