कात्तिक २ गते २०८३ || October 18, 2026

स्कुटर चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीको नियन्त्रणमा


बुधबार, फागुन २८ २०८१०३:०९

स्कुटर चोरीमा  संलग्न दुई जनालाई ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएका  छन  ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने
२० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन् ।

वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका हुन  ।
उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनि निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनि खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend