कात्तिक २ गते २०८३ || October 18, 2026

झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना पक्राउ


पिपल अनलाइन
शुक्रबार, चैत १ २०८१०१:०८

झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना पक्राउ

मोरङ  र झापाबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षीय डेकबहादुर थापाको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकमा खटिएको प्रहरी टोलीले थापा सहित इलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई,  झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र  दमक-७ का २८ बर्षीय बिरबहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल,  स्पासपेन ७० चक्की र लागुऔषध खैरो हेरोइन ५ सय मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी फागुन २९ गते इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-२ का   १८ बर्षीया अप्सरा राई र १९ बर्षीय बिशाल परियारलाई निजहरूकै घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्कीसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend