काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको घाइते हुनु भएको थियो ।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका रमेश र सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ ।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिपरलाई विमानस्थल कार्गोभित्र फेला पारेर नियन्त्रणमा लिएको छ। चालक फरार भए पनि प्रहरीले टिपरको मालिकसँग सम्पर्क भइसकेको जानकारी गराएको छ।