असोज ३० गते २०८३ || October 16, 2026

स्ववियु आम विद्यार्थीको साझा संस्था


शनिबार, चैत २ २०८११२:२७

स्ववियु आम विद्यार्थीको साझा संस्था

स्ववियु आम विद्यार्थीको साझा संस्था हो । स्ववियुमा आइसकेका सबै सदस्य सबै विद्यार्थीका साझा हुन। हाम्रो प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वांगीण विकासमा टेवा पुर्‍याउनु हो, विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु हो, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा उन्नत शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा सहयोग पुर्याउन हो, अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण  निर्माण गर्ने हो तर क्रान्तिकारीका हामीले नै विश्वास गरेर जिताएका उपाध्यक्ष र सचिव साथीहरु लगायत उनीहरु टिमको  त्यो आकुल व्याकुल पार्ने अवरोध, असहजता, असहयोग, गालि गलोज, धाकधम्की, अभद्र व्यवहारको कारण सत प्रतिशत कार्य गर्न सकिएन र अति राम्रा कामहरु अनेरास्ववियु मार्फत गर्न बाध्य भईयो। यसबाट एउटा निष्कर्षमा हामी पुग्यौँ, बरु एक्लै हिड तर गलत प्रवृत्तिका व्यक्तिहरुलाई साथ दिएर, अराजक, गुण्डागर्दीलाई प्रसय दिएर गठबन्धन नगर, गठबन्धन हुँदा काम गर्न पनि नसकिने र विद्यार्थीसाथीहरू रुष्ट पनि हुने हुँदा, एकल टीमलाई साथ दिन पर्दो रहेछ ।

हामी नेपालका विभिन्न सार्वजनिक संस्थानहरूमा विभिन्न पदहरूको प्रतिस्पर्धाका लागि सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने छौ , नेपालका रक्षा सेवामा विभिन्न पदहरूको योग्यता हासिल गर्न सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्नेछौ, हामी नेपालका स्वास्थ्य क्षेत्रमा विद्यार्थीको करियर निर्माण गर्नका लागि सहयोगी र व्यापक तयारी कक्षाहरू सञ्चालन गर्नेछौं । हामी नेपालमा बैंकिंग परीक्षामा सफल हुनका लागि सहयोगी विविध तयारी कक्षाहरू प्रदान गर्नेछौ । हामी नेपालमा शिक्षक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्नेछौ । हामी नेपालमा सार्वजनिक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। अहिले अनेरास्ववियुले शिक्षक सेवा र लोकसेवाको निःशुल्क अनलाइन कक्षाहरु सञ्चालन गरिरहेकोछ अब  भौतिक रुप मै व्यवस्थित ढङ्गबाट ति कक्षाहरु सञ्चालन गर्नेछौ। आदारणिय विद्यार्थी साथिहरु तपाईहरुको सहजताको लागी हरेक शुक्रबार मक टेस्ट (MCQ Test) , लाइभ क्वीज कार्यक्रम, हाजिरी जबाफ, स्टाटिक्स ( Statistics) का कक्षा, थेसिस लेखनका कक्षा, लोकसेवा लेखन सिपका कक्षा, विभिन्न विषय विशेषज्ञका कक्षा, मेमोरी पावर सेमिनार, सिम्याटका कक्षाहरु लगायत अन्य वृक्षारोपण, बनभोज, तिज कार्यक्रम जस्ता विविध रचनात्मक कार्यक्रम गरेका छौ । अब तत्काल अर्को वर्षको BAT को लागी उत्कृष्ट प्रशिक्षक सुरेन्द्र अर्याल , प्रकाश दाहाल  लगायत  संग समन्वय गरि विद्यार्थीको लागी निशुल्क लोकसेवा आयोग शाखा अधिकृतको कक्षा सुरु गर्ने छौ , मेमोरी किंङ अर्पण शर्मा  संग समन्वय गरि मेमोरी पावरका प्याकेज निशुल्क गर्छौ अन्य आवश्यक कार्यक्रम विद्यार्थी साथिहरुसंगै छलफल गरेर विद्यार्थी साथिहरुकै माग बमोजिम पनि गर्छौ। आदारणिय विद्यार्थी साथिहरुलाई जानकारी होला सिम्याट टपरलाई २०% छात्रवृत्ति, लाईब्रेरी धरौटी फिर्ता, एमपिए प्रथम सेमेस्टर को Fundamental of public administration को किताब नभेटीने हुँदा साथिहरुका लागी जनप्रशासन अखिल आवाज, public policy को लागी जनप्रशासन अखिल आवाज एमपिए बिपिए का पूराना प्रश्नपत्रको संगालो, सडक निर्माण मन्दिर निर्माण, सूचना बोर्ड, गुनासो पेटिका गेट निर्माण, जेब्राक्रस निर्माण लगायत यावत विद्यार्थी पक्षीय तमाम काम अनेरास्ववियुले गरेको छ, हामिले गरेका  छौं। यो निरन्तरता हामी स्ववियु मार्फत गर्न चाहन्छौं।
आदारणिय विद्यार्थी साथिहरुलाई अनुरोध गर्न चाहान्छु, सार्वजनिक प्रशासन, व्यवस्थापन, विकास र नीतिसम्बन्धी विषयहरूमा अध्ययन, अध्यापन, र अनुसन्धानको कार्य गर्नका साथै शिप मुलक तालिमको व्यवस्था गर्न अनेरास्ववियुलाई नेतृत्वमा एकल बहुमतका साथ लिनुपर्ने देखिन्छ।

आदारणिय विद्यार्थी साथिहरु लोक सेवा आयोग परीक्षामा सफलता हासिल गर्न आत्मविश्वासका साथ तयारी गर्नुहोस्! विशेषज्ञ मार्गदर्शन, सम्पूर्ण स्रोतहरू र प्रभावकारी रणनीतिहरू प्राप्त गर्दै आफ्नो सपना पूरा गर्नुहोस्। आमाबुवाका सपना पुरा गर्नुहोस, तपाईका सपना पुरा गर्नुहोस, तपाई एक्लै हुनुहुन्न तपाईको साथमा अनेरास्ववियु छ,  आजै आफ्नो यात्रा सुरु गर्नुहोस्!  अनेरास्ववियु तपाईको सफलताको सहयात्री बनि रहने छ। तपाईको मतको कदर गर्दै तपाईहरुलाई महसुस हुने गरि अनेरास्ववियुले जारी गरेको प्रतिवद्धताको अलबा देहाय बमोजिमका काम महसुस हुने गरि सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछु।

थप प्रतिवद्धताहरु।
क्याम्पसको वेबसाइटबाट नियमित क्याम्पसका प्रतिवेदन सार्वजनिक गर्ने।
* वार्षिक प्रगति प्रतिवेदन
* चौमासिक प्रगति प्रतिवेदन
* मासिक प्रगति प्रतिवेदन
* लेखापरीक्षण प्रतिवेदन
* सार्वजनिक परीक्षण
* सामाजिक परीक्षण
* अनुगमन प्रतिवेदन

क्याम्पस कार्य समिती र सञ्चालक समितिका निर्णयहरु लगायत अन्य आम विद्यार्थीसंग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा भएका सबै निर्णयहरु क्याम्पसको वेबसाइट मार्फत नियमित रुपमा नियमानुसार सार्वजनिक गर्न।
नागरिक बडापत्र विद्यार्थीहरूले देख्ने ठाउँमा व्यवस्थित गर्ने र वेबसाइटमा पनि राख्न ।
क्याम्पसका प्रकाशनहरु नियमित रुपमा वेबसाइटमार्फत सार्वजनिक गर्ने।
आवश्यक निवेदनका ढाँचाहरु क्याम्पसको वेबसाइट मार्फत सार्वजनिक गर्ने।
अनलाइन माध्यमबाट अध्ययनरत विद्यार्थीहरुको समस्यालाई सम्बोधन गर्न अनलाइन मार्फत रेस्पोन्स गर्न मिल्ने कार्यविधि निर्माण र संयन्त्र निर्माण गर्ने।

आन्तरिक मुल्यांकन, एसाइन्मेन्ट लाई र नतिजालाई प्रभावकारी बनाउन क्याम्पसको वेबसाइटमा विषयगत प्रोटल तयार पार्ने र सम्बन्धित विद्यार्थीले आफ्नो व्यक्तिगत जानकारी लिन मिल्ने बनाउने ( विद्यार्थीलाई प्राप्त युजर आईडी को प्रयोग गरेर) (लोकसेवाको जस्तै)




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend