कात्तिक १ गते २०८३ || October 17, 2026

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०४:५६

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा

काठमाण्डौं -नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । हेटौंडाको प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा लामाले निवर्तमान संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । 

लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमात्रै पाए । कांग्रेसका ३७ जना प्रदेश सांसद रहेकामा सबैले मतदान गरेका थिए । बानियाँ बागमती प्रदेशका सभापति हुन् भने लामा केन्द्रीय सदस्य हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन् । 


  • सम्बन्धित विषय:

  • # कांग्रेस–बागमती–संसदीय–दलको–नेतामा–लामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend