असोज ३० गते २०८३ || October 16, 2026

देशको स्तर उन्नतिका लागी चीनसँगको सहकार्य प्रभावकारी बनाउनुपर्छ, "सभामुख देवराज घिमिरे"


शनिबार, चैत २ २०८१०२:३४

देशको स्तर उन्नतिका लागी  चीनसँगको सहकार्य प्रभावकारी बनाउनुपर्छ, "सभामुख देवराज घिमिरे"

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताए। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले नेपालमा रहेका लगानीको सम्भावनाहरूलाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहि आएको बताए । बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत दुवै देशसबिचको सहकार्य अझ मजबुत हुँदैगएको बताए। 

सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबिच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्धन गर्न आवश्यक रहेको बताए । नेपाल—चीन सम्बन्ध केवल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित नरहेको भन्दै सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध विस्तार भइरहेको बताए । 

सभामुख घिमिरेले भन्ने, ‘चीन विगत लामो समयदेखि नेपालको भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताको तर्फबाट नेपालको विकासमा हुँदैआएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ ।’

बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत दुवै देशबिचको सहकार्य अझै मजबुत हुँदैगएको सभामुख घिमिरेले बताए। “यो पहल नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा लिनुपर्छ । नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्छ” सभामुख घिमिरेले भन्ने 
नेपाल—चीनबिचको भौगोलिक, सांस्कृतिक र जनस्तरको सम्बन्धले दुई पक्षीय सम्बन्धलाई झनै बलियो बनाएको बताए। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend