प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो भर्चुअल असिस्टेन्ट टुल ‘गुगल असिस्टेन्ट’ को साटो ‘जेमिनाई’लाई प्राथमिकता दिने भएको छ । शुक्रबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीलेले असिस्टेन्टको सबै फिचर जेमिनाईमा उपलब्ध गराउन लागेको जानकारी छ। गुगलले ट्याब्लेट, कार र फोनसँग कनेक्ट हुने डिभाइस जस्तै हेडफोन र समार्टवाचलाई पनि जेमिनाईमा अपग्रेड गर्ने योजना बनाएको छ साथै स्पिकर, डिस्प्ले, टिभी जस्ता होम डिभाइसमा पनि जेमिनाईको नयाँ अनुभव लिन सकिने भएको छ ।
कम्पनीका अनुसार यसअघि प्रयोगमा आइरहेको गुगल असिस्टेन्ट अब धेरै मोबाइल डिभाइसमा उपलब्ध हुनेछैन । साथै मोबाइल एप स्टोरबाट पनि उक्त एप डाउनलोडका लागि उपलब्ध हुनेछैन ।गुगलले ट्याब्लेट, कार र फोनसँग कनेक्ट हुने डिभाइस जस्तै हेडफोन र समार्टवाचलाई पनि जेमिनाईमा अपग्रेड गर्ने योजना बनाएको छ साथै स्पिकर, डिस्प्ले, टिभी जस्ता होम डिभाइसमा पनि जेमिनाईको नयाँ अनुभव लिन सकिने भएको छ ।