राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन् । आज शनिवार हेटौँडामा आयोजित प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन्।
शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा सिन्धु्पाल्चोकमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर राजावादी समर्थकहरु आक्रोशित देखिएका छन् । राप्रपाको उक्त कार्यक्रममा सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताइएका छन ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ’भाइमारा’ र ’मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएपछि महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रस्ट हुन्छ ।