कात्तिक १ गते २०८३ || October 17, 2026

देशमा भएका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ - ''उपप्रधानमन्त्री सिंह''


आइतबार, चैत ३ २०८१०५:०८

देशमा भएका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा मात्र  सम्भव छ - ''उपप्रधानमन्त्री सिंह''

 उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा भएका हरेक परिवर्तन कांग्रेस पार्टीको नेतृत्वमा मात्र सम्भव भएको बताएका छन  । देशका हरेक सकारात्मक परिवर्तनमा कांग्रेसको नेतृत्व भएको हुँदा अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेस पार्टीले गर्ने उनले बताएका हुन । 

नेपाली कांग्रेस क्षेत्र नम्बर-१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसले सँधै देश र जनताको पक्षमा काम गर्दै आएको बताए।  "जनताका इच्छा, चाहना अनुसार पार्टीका गतिविधि सञ्चालन गर्न जरुरी छ," उनले भने , "कांग्रेस पार्टीलाई सशक्त रूपमा बलियो र एक ढिक्का बनाउन सबै नेता कार्यकर्ता एकताबद्ध भएर सङ्गठन गर्न सबै तहका नेता कार्यकर्ता लाग्न आवश्यक छ ।" पार्टीलाई मिलाएर लैजानु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहले बताए  । 

संविधानको विरुद्धमा कोहि पनि लाग्न नहुने भन्दै वर्तमान संविधान जनताको चाहना अनुसार जारी भएको बताए। अहिलेको व्यवस्थाका कारण देशमा विगतको तुलनामा धेरै सकारात्मक परिवर्तनहरू भएको उनले बताए । देशमा राजनीति स्थिरता, स्थायीत्व र सुशासन कायम गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार बनेको  बताए । पछिल्लो समय देशका विरुद्धमा नकारात्मक कुराहरू गर्ने हाबी भएको हुँदा त्यसलाई चिर्ने गरी गठबन्धन सरकार लागेको  बताए । गठबन्धन सरकारले जनताको इच्छा, चाहना अनुसार देशमा विकासका विभिन्न कामहरू गरेको उनको दाबी छ ।


  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend