कात्तिक २ गते २०८३ || October 18, 2026

६४ लाख बढी रकमको अवैध सामान बरामद


सोमबार, चैत ४ २०८१०५:१४

६४ लाख बढी रकमको अवैध सामान बरामद

कपिलवस्तुको नेपाल–भारत सीमाबाट एक महिनामा ६४ लाख बढीका राजस्व छलेर ल्याएका सामग्री बरामद गरिएको छ । सीमा क्षेत्रबाट नेपाल भित्र्याउन ल्याइएका कपडा, घर निर्माणका सामग्री, इलेक्ट्रोनिक तथा इलेकट्रिकल सामग्री, कस्मेटिक वस्तुहरू, सुर्तीजन्य पदार्थ, मोबाइलका पार्टस्, औषधी, कुखुरा, माछा तथा वन पैदावार लगायतका सामग्री बरामद गरिएको कार्यालयका पदाधिकारीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुको टोलीले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्दा विभिन्न अवैध सामग्री पक्राउ परेको हो ।
बरामद गरिएका सामग्रीहरूको अनुमानित मूल्य ६४ लाख ३३ हजार ८ सय ६२ रहेको छ । बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार तथा सम्बन्धित कार्यालयलाई बुझाइएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend