कात्तिक २ गते २०८३ || October 18, 2026

म:म बनाउने कारखानामा भेटियो कुकुरको टाउको


बुधबार, चैत ६ २०८१०१:४८

म:म बनाउने कारखानामा  भेटियो कुकुरको टाउको

भारतको पञ्जाबस्थित मोहालीमा महा नगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । 
उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा. अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु  परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend