असोज २९ गते २०८३ || October 15, 2026

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९११:१९

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

काठमाडौं - नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
 
बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा  संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांगे्रस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिती गठन गरेको छ । उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांगे्रस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिए।


  • सम्बन्धित विषय:

  • # ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend