कात्तिक २ गते २०८३ || October 18, 2026

विद्युत् कटौतीको सम्भावना


बिहीबार , चैत ७ २०८१०१:५३

विद्युत् कटौतीको सम्भावना

 भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ । उद्योगीले भारतले विद्युत् कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताए ।  मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले रातभर विद्युत् आपूर्ति बन्द हुने अवस्था आए उद्योगको उत्पादन पनि ७० प्रतिशत कटौती हुन सक्ने बताए। प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काले भारतले चैत ३ देखि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेको जानकारी दिए । त्यसकारण ५०० मेगावाट विद्युत् अपुग हुने भएकाले औद्योगिक क्षेत्रमा कटौती गर्नुपर्ने स्थिति आएको बताए।    




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend