असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री ओली भन्छन , स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ


बिहीबार , चैत ७ २०८१०५:५२

प्रधानमन्त्री ओली भन्छन , स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको  छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताउनु भएको छ। 

‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’, प्रधानमन्त्रीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबिच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’

नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री 
ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान स्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट पारे ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend