असोज ३० गते २०८३ || October 16, 2026

जाजरकोटमा नगरपालिकाले भूकम्प पीडितको राहत जलाइयो


बिहीबार , चैत ७ २०८१०७:१२

जाजरकोटमा नगरपालिकाले भूकम्प पीडितको राहत जलाइयो

जाजरकोटमा  भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ ।  भूकम्प वाट अति प्रभावित भेरी नगरपालिकालाई  विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए ।


नगरपालिकाले केही राहत सामग्री म्याद सकिएको भन्दै फोहोर सङ्कलन गर्ने ट्याक्टरमा हालेर नष्ट गरेको छ । बिस्कुट, चिउरा, चाउचाउ, भुजा र लत्ताकपडा नष्ट गरेको हो । लत्ता कपडामा स्विटर, ज्याकेट, सारी, टिसर्ट समेत जलाइएको छ ।


भूकम्पको वेला तत्कालीन राहतका सामग्री नगरपालिकाले समयमा वितरण नगर्दा अहिले नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # शेरबहादुर देउवा
  • # प्रचण्ड
  • # समाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend