असोज ३० गते २०८३ || October 16, 2026

राप्रपाले सांसदबाट २ लाख ८० हजार रुपैयाँ लेवी उठाउने 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९११:४९

राप्रपाले सांसदबाट २ लाख ८० हजार रुपैयाँ लेवी उठाउने 

काठमाडौं - राप्रपाले पार्टीका संघीय सांसदहरूबाट संघीय सांसदबाट २ लाख ८० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरूबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।

 


  • सम्बन्धित विषय:

  • # राप्रपाले–सांसदबाट–२–लाख–८०–हजार–रुपैयाँ–लेवी–उठाउने–
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend