कात्तिक ३ गते २०८३ || October 19, 2026

देश विकासको तिब्र गतिमा अगाडि बढेको छ :'' प्रधानमन्त्री ओली ''


आइतबार, चैत १० २०८१०३:४१

देश विकासको तिब्र  गतिमा अगाडि बढेको छ  :'' प्रधानमन्त्री ओली ''

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको  ‘टुगेदर फर टुमरो: युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने , ‘समस्या छन्, तिनको कारण छ र समाधानहरु पनि छन भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

प्रधानमन्त्री ओलीले  सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बताउनुभएको छ। उनले थप भने , ‘‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देखेका छन , त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढङ्गले चल्नुहुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।’’प्रधानमन्त्री ओलीले  उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend