मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारि गराएको हो ।मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिए ।
२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएपछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्र्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।