कात्तिक ४ गते २०८३ || October 20, 2026

श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत


सोमबार, चैत ११ २०८१०४:०१

श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन सबै उद्योग/प्रतिष्ठानलाई सचेत गराएको छ । कतिपय उद्योग/प्रतिष्ठानले तोकिएको पारिश्रमिक नदिएको गुनासो/उजुरी आएको भन्दै विभागले न्यूनतम पारिश्रमिक अनिवार्य दिन भनेको हो ।
सरकारले १ साउन २०८० देखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको छ । यो चिया बगान बाहेक सबै श्रमिकको हकमा लागु हुन्छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend