असोज २९ गते २०८३ || October 15, 2026

देशभरका भन्सार एजेन्टहरू आन्दोलित


मंगलबार, मंसिर २३ २०८२०२:४४

देशभरका भन्सार एजेन्टहरू आन्दोलित

काठमाडौं । देशभरका भन्सार एजेन्टहरू आन्दोलित बनेका छन् । भन्सार एजेन्ट महासंघ नेपालले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध गरेका हुन् ।

महासंघ अध्यक्ष प्राचिनकुमार थैवका अनुसार भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको छ ।

यस ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend