असोज २९ गते २०८३ || October 15, 2026

हाम्रो सन्देशले आफ्नो नयाँ कार्यालयको औपचारिक उद्धाटन गरेको छ।


बिहीबार , मंसिर १८ २०८२०९:०६

हाम्रो सन्देशले आफ्नो नयाँ कार्यालयको औपचारिक उद्धाटन गरेको छ।

हाम्रो सन्देशले आफ्नो नयाँ कार्यालयको औपचारिक उद्धाटन गरेको छ। एक औपचारिक कार्यक्रमका बीच बरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले कार्यालयको उद्धाटन गरेका हुन् । लामो समय देखी नेपाली सञ्चार जगतमा सत्य,तथ्य र निष्पक्ष सूचना समाचार सम्प्रेषण गर्दै आएको हाम्रो सन्देशले अनामनगरमा नयाँ कार्यालयको स्थापना गरेको हो । थप सूचना सन्देश समाचार तथा मनोरञ्जनका सामाग्री थप प्रभावकारी ढंगले सम्प्रेषण गर्न,का लागि   नयाँ काष्र्यालयको स्थापाना गरिएको हाम्रो सन्देश प्रा.लीका  सञ्चालक गणेश कँडेलले जानकारी दिएका छन् । झण्डै तीन दशक यता नेपाली पत्रकारितामा आबद्ध भए पत्रकार्तिा गर्दै आएका कँडेलले केही वर्ष अघि डिजिटल मिडियामा प्रवेश गरेका थिए । उनले आफ्नै मिडिया हाउस सञ्चालनमा ल्याएर हाल काम गर्दै आएका छन् । कार्यालयको उद्धाटन गर्दै बरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले आगामी दिनमा यस सञ्चार माध्यमले निरन्तर सत्य,तथ्य निष्पक्ष समाचार प्रसारण गरेर जनताको बिश्वास जिन्त सकोस भन्दै शुभकामना दिए । उनले सञ्चार माध्यमको धर्म नै सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेसण र प्रकाशन गर्नु रहेको बताए । पछिल्लो समयमा सञ्चार माध्यमहरुले आफ्नो सञ्चार माध्यमको धर्म बिर्सिएर हल्लाको पछि दौडिने अपवाह फैलाउने, भ्रम सिर्जना गर्ने, र समाचारको नाममा अर्थात पत्रकारिता गर्ने बाहानामा कुनै व्यक्तिको च्िरत्र हत्या गर्ने खालका घटनाहरु देखिन थालेको बताउदै यसबाट सचेत हुन पनि आग्रह गरेका छन् ।  नेपाली सञ्चारमाध्यमले आफ्नो बिश्वसनियाता गुमाउदै गएको प्रति चिन्ता व्यक्त गर्दै अधिवक्ता श्रेष्ठले यसमा हाम्रो सन्देश मिडियाले बिशेष ध्यान दिएर सत्यको पक्षमा,न्यायको पक्षमा र अन्यायका बिरुद्धमा खरो रुपमा प्रस्तुत हुने बिश्वास समेत व्यक्त गरे । गलत बिषयको निडर भएर खबरदारी गर्ने,सत्यको पक्षमा कलम चलाउने,अन्याका बिरुद्धमा आफ्नो आवाज र कलम मार्फत सशक्त प्रतिवाद गर्नु, राज्य सञ्चालनमा भएका अन्याय,अत्याचार,अनियमितता कुरुती,बेथिति बिसंगतिको भण्डाफोर गर्दै जनतालाई सहि सूचना दिनु र राज्य सञ्चालनमा भए गरेका गलत अभ्यास बारे आवाज बिहिन् जनतालाई ससूचित गर्न सक्नु नै सञ्चार माध्यमको धर्म रहेको उनको भनाई छ।

b6dfc26d-50f4-46e0-adf6-b81c2625cada.jfif
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend